Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब वर्षायाममा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री यादव


    शुक्रबार, माघ ११ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – खानेपानी मन्त्री प्रदीप यादवले वर्षा याममा पनि मेलम्चीको पानी बन्द नहुने बताएका छन् । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक गर्दै उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने बताएका हुन् । ।

    यसअघि असारमा बाढीका कारण अवरोध हुँदै आएको मेलम्चीको पानी अब असारमा पनि काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको मन्त्री यादवले दाबी गरेका छन् । सो अवसरमा मन्त्री यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्रालय आएर बहादुरी देखाउन खोजेको आरोप समेत लगाए ।

    एक गाग्रो पानीले धरान बासीलाई नपुग्ने भन्दै उनले एक वर्षभित्र धरानमा पनिको सङ्कट समाधान गर्ने गरी काम अघि बढाउने जिकिर गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार