Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीको पाल्पा र बुटवलको कार्यक्रम स्थगित


    शुक्रबार, माघ ११ २०८१
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओली पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रममा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री ओली आज पाल्पा र बुटवल सडक र भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम तय खभउको थियो ।

    स्वास्थ्य अवस्थाका कारण ओली पूर्व निर्धारित कार्यक्रममा भौतिक रूपमा सहभागी हुन नसक्ने भएका हुन् । डाक्टरहरूको सुझाव अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित कार्यक्रममा भौतिक सहभागिता रद्द गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    ती कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनेछन् । ब्रेक थ्रु गर्ने कार्यक्रममा भने ओली भर्चुअल रूपमा सहभागी हुनेछन् । गत मङ्गलवार बेलुकादेखि प्रधानमन्त्री ओली अस्वस्थ छन् । घाँटीमा समस्या आएपछि उनको स्वर भासिएको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार