काठमाडौं – काठमाडौंको लाजिम्पाटमा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विक्रममाथि आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामु रहेका छन् । उनीहरुलाई भारतको हरियाणाबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कात्तिक ११ गते दिउँसो नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी लामामाथि आक्रमण भएको थियो । चार जनाको समूहले लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा उनीमाथि मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो ।
विक्रममाथि आक्रमण गरेर उनीहरू झापा पुगेर दुर्गा प्रसाईँको घरमा लुकेका थिए । तर खोज्दै प्रहरी पुगेपछि उनीहरू त्यहाँबाट भाग्न सफल भएका थिए । दुर्गा प्रसाईँको घरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।
त्यसपछि भारत भागेका दुवै जनालाई प्रहरीले हरियाणाबाट पक्राउ गरेको हो । फलामको सक प्रहार गरी व्यवसायी लामालाई गम्भीर घाइते बनाएको आरोपमा उनीहरूसहित ७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ ।
ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उनीहरूलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ । यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिन पनि अदालत समक्ष माग गरिएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend