Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    शुक्रबार, माघ ११ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको हो ।

    महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसअघि बुधबार भने सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ कायम भएको थियो ।

    यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार