Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ऋषिकेशका पूर्वस्वकीय सचिव पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश


    बिहिबार, माघ १० २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर – जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

    बिहीबार व्यक्ति ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियो । बिहीबार बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको उनले जानकारी दिए ।

    पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

    गत २५ पुसमा पोखरेल पक्राउ परेका थिए । प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

    बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको थियो ।अनिल ठगी मुद्दामा जोडिएपछि सभापति पोखरेलले उनलाई जिम्मेवारीबाट हटाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार