Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीम रावलको पक्षमा लागेको भन्दै एमालेका ६ नेताको जिम्मेवारी खोसियो


    बिहिबार, माघ १० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकपा एमालेले भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै अछाम जिल्ला कमिटीका ६ जना नेतालाई कारबाही गरेको छ ।

    जिल्ला अध्यक्ष चन्द्र बोहराले विज्ञप्ति जारी गर्दै मातृभूमि जागरण अभियानको पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको भन्दै उनीहरूलाई कारबाही गरेको हो ।

    अध्यक्ष बोहराले अछाम जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाएका छन् ।

    विज्ञप्तिमार्फत भनेको छ, ‘मातृभूमि जागरण अभियान नेपाल’ नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवं पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको देखिन्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार