Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँ महानगरले यसकारण दिएन चिनियाँ दूतावासलाई कार्यक्रम गर्न अनुमति


    बिहिबार, माघ १० २०८१
    820
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल) का सन्दर्भमा महानगरका केही ठाउँमा नेपालस्थित चिनियाँ दूतावासले आयोजना गर्न लागेका कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ ।

    चिनियाँ दूतवासका डेपुटी चिफ अफ मिसन वाङ सिनले एकसाता अघि काठमाडौँ महानगरलाई पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति मागेका थिए । पत्रमा काठमाडौँ महानगरपालिकालाई सह–आयोजक बस्न समेत प्रस्ताव गरिएको थियो ।

    लगत्तै नेपाल ओभरसिज चाइनिज एशोसिएसनले पनि यो अवधिका लागि काठमाडौँको रत्नपार्कमा समेत निःशुल्क स्थान उपलब्ध गराइदिन महानगरलाई पत्र लेखेको थियो । पत्रमा बिजुली, यातायात र पार्किङका लागि सहजीकरण गरिदिन भनिएको थियो ।

    काठमाडौँ महानगरले ट्राफिक व्यवस्थापनको चुनौती र अस्तव्यस्तताको कारण उल्लेख गर्दै ठमेललगायत ट्राफिक व्यवस्थापन गर्न चुनौती हुने ठाउँको साटो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगन्ज र स्वयम्भूसम्म कार्यक्रम गर्न भन्दै जवाफ पठाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

    पत्रमा महानगरले विभिन्न निकायसँगको सहकार्यमा काठमाडौँको पर्यटन प्रवर्द्धन गर्ने हिसाबले २०२५ स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्ष ल्यान्टिन शो आयोजना गर्न लागेकोमा धन्यवाद दिँदै स्थान परिवर्तन गरेर अन्यत्र कार्यक्रम गर्न सुझाएको मानन्धरले बताए ।

    उनका अनुसार दूतावासले नेपाल सरकारको अनुमति लिएर ठमेलका केही ठाउँमा कार्यक्रम गरेको थियो । उनले भने, ‘तर पछि केही ठाउँमा महानगरको अनुमति चाहिने भएकाले पत्र पठाएको थियो । पर्यटन विकास गर्ने उद्देश्यले कार्यक्रम गर्न हो भने रिङरोड साइडमा कार्यक्रम गर्न महानगरले भनेको छ ।’

    यस अघिका वर्षहरूमा पनि चिनियाँ दूतावास आयोजक भएर गरिने यो कार्यक्रममा काठमाडौँ महानगरपालिका सहआयोजक हुने गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार