Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रल्हादकुमारको इजलासमा रवि लामिछानेको थुनछेक बहस जारी


    बिहिबार, माघ १० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बहस सुरु भएको छ । कार्यालय सुरु भएसँगै लामिछाने उपस्थित भएपछि अदालतमा बहस सुरु भएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

    सुप्रिम सहकारी ठगी प्रकरण मुद्दामा प्रतिवादी बनाइएका लामिछानेको बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएका हुन् । उनको मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रहेको छ ।

    बहस आजै सकिने वा नसकिने भन्न नसकिने श्रेस्तेदार ज्ञवालीको भनाइ छ । पक्ष-विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ । लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।

    सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार