Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंको बूढानीलकण्ठबाट चितुवाको उद्दार


    बिहिबार, माघ १० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ भंगालबाट एक चितुवाको उद्दार गरेको छ । वन कार्यालयको टोलीले डार्ट गरेर बिहीबार बिहान चितुवाको उद्धार गरेको हो ।

    आज बिहान साढे ८ बजेतिर चितुवा देखिएको सूचना पाएपछि डिभिजन वन कार्यालय काठमाडौंबाट शंकर थापा नेतृत्वको टोली परिचालित भएको थियो । सो टोलीले एकपटक डार्ट गरेर बिहान ११ बजेतिर चितुवा नियन्त्रणमा लिएको वन डिभिजन कार्यालयले जनाएको छ ।

    काठमाडौं प्रमुख पुष्पराज बर्तौलाका अनुसार चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर अनुसन्धानको लागि सम्बन्धित निकायमा पठाइएको छ । सो चितुवा शिकारको खोजीमा शहरी क्षेत्रमा प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार