Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच ?


    बिहिबार, माघ १० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन प्रतितोला एक हजार ९ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला ४ सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार