Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भारतको महाराष्ट्रमा रेलले किच्दा १३ जनाको मृत्यु, मृतक मध्ये ३ नेपाली


    बिहिबार, माघ १० २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा १३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सो दुर्घटनामा मृत्यु हुने मध्ये ३ जना नेपाली रहेका छन् ।

    नेपालका बासिन्दा करिब ११ वर्षका हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको हो। तर उनीहरूको नेपालको स्थानीय ठेगाना समाचारमा खुलाइएको छैन। बुधबार दिउँसो लखनऊबाट मुम्बई जाँदै गरेको रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा रोकिएको थियो। यहीबीच रेलको कुनै डिब्बामा आगो लागेको अफवाह फैलिएपछि डरले यात्रुहरू ट्र्याकको अर्को छेउमा हाम फाले।

    जति बेला अर्को रेल कर्नाटक एक्सप्रेस त्यही ट्र्याक भएर आउँदै थियो, जसले किच्दा उल्लिखित ३ नेपालीसहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार