Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अमेरिकाको लसएन्जलसमा डढेलोले फेरि लियो उग्ररुप


    बिहिबार, माघ १० २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – अमेरिकाको लसएन्जलस क्षेत्रमा फेरि पनि डढेलोले उग्ररुप लिएको छ । आगोको जोखिम क्षेत्रमा रहेका हजारौं व्यक्तिहरुलाई फेरि पनि सुरक्षित स्थानमा सारिएको छ ।

    अहिले आगो लागेको कास्टिक तलाउ नजिकको पहाडी क्षेत्रमा हो । यो डढेलोले ८ हजार एकड भन्दा धेरै क्षेत्र जलाइसकेको छ । तीव्र हावा र सुख्खा झाडीका कारण डढेलो फैलिन मद्दत पुगिरहेको छ ।

    यद्यपि यो डढेलोले अहिलेसम्म कुनै पनि घर वा संरचनामा क्षति पुगेको छैन । तर १९ हजार व्यक्तिले आफ्नो घर छाडेर भाग्नुपरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार