Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १६ लाख छात्रालाई एचपीभी खोप दिइने


    बुधबार, माघ ९ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रालाई खोप दिन लागिएको हो । महाशाखा अन्तर्गतको खोप सेवा शाखाका अनुसार आगामी २२ माघदेखि ६ फागुनसम्म खोप दिइन लागिएको हो ।

    १६ लाख ८८ हजार ७ सय ६८ छात्रालाई खोप दिइने छ । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पनि खोप दिइने शाखाले जनाएको छ । विज्ञहरूले एचपीभी खोप सुरक्षित रहेको दाबी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार