Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्ट्रेलियाविरुद्ध कप्तान पूजाको राम्रो बलिङ, पावर प्लेमै लिइन महत्त्वपूर्ण ३ विकेट


    बुधबार, माघ ९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – मलेसियामा जारी यू-१९ महिला विश्वकप टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियाविरुद्ध मध्यम सुरुआत गरेको छ ।

    मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पावर प्लेको खेल सकिँदा ३ विकेट गुमाएर ३३ रन जोड्यो ।

    नेपालकी कप्तान पूजा महतोले एक्लैले ३ विकेट लिएकी छन् । ३ ओभर बलिङ गरेकी पूजाले १७ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिइन् । यो समाचार तयार पार्दासम्म अस्ट्रेलियाले १० ओभरको क्षतीमा ६१ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार