Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निजामती सेवा विधेयकमा छलफल गर्न बोलाइएको बैठक स्थगित


    बुधबार, माघ ९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – संघीय निजामती सेवा विधेयकमा छलफल गर्न भनेर आज बस्ने भनिएको संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित भएको छ ।

    बैठक आज दिउँसो एक बजे बस्ने तय भएको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई छलफलका लागि बोलाइएको थियो । तर मन्त्री उपत्यका बाहिर भएकाले बैठक स्थगित गरिएको हो ।

    अब भोलि बिहान साढे ११ बजे बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार