काठमाडौं – नेकपा एमाले अछामको ठूलो पंक्तिले पार्टीबाट निष्कासित नेता भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एक हजार ८६ जना स्थानीय नेता–कार्यकर्ताले रावलको अभियानलाई समर्थन गरेको जनाएका हुन् ।
अछामबाट प्रतिनिधित्व गर्ने एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७ जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य ५ जना भीम रावलका पक्षमा उभिएका छन् ।
यस्तै प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १ जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य ३ जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना छन् ।
एमालेका ६३७ जना संगठित सदस्यसहित कूल एक हजार ८६ जनाले रावलको अभियानलाई समर्थन गरेको वक्तव्यमा दाबी गरिएको छ । तीमध्ये केहीको हस्ताक्षर छ । केहीलाई फोन सम्पर्क गरेर समर्थन लिएको वक्तव्यमा उल्लेख छ ।
नेकपा एमाले साँफेबगर नगर कमिटीका अध्यक्ष धकेन्द्र कुँवरले हाल पार्टी परित्याग नगरेको तर रावलको अभियानलाई समर्थन गरेको बताए । एमालेले रावललाई १० पुसमा साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उनी उक्त अभियान घोषणा गरेर देशदौडाहमा छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend