Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला


    मंगलबार, माघ ८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

    घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार