Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ ११ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, माघ ८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(मंगलबार) सुन तोलामा ११ सय रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला १ लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको भाउ एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार