नुवाकोट – नेकपा माओवादी केन्द्रले नुवाकोटको बेलकोटगढी नगर समितिको नेतृत्व चयन निर्वाचनमार्फत गरेको छ । सर्वसम्मतको प्रयास सफल नभएपछि पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।
बेलकोटगढी नगर कमिटीको तेस्रो सम्मेलन गत पुस २५ मा सकिए पनि विवादका कारण पदाधिकारी चयन हुन सकेको थिएन । निर्वाचनबाट गोकर्ण न्यौपाने नगर समिति अध्यक्षमा निर्वाचित भए ।
कुल ५४ मत खसेकामा न्यौपानेले २८ र उनका प्रतिस्पर्धी मनराज गुरुङले २६ मत पाएको निर्वाचन समितिले जनाएको छ । न्यौपानेविरुद्ध माओवादी पोलिटव्युरो सदस्य एवं सांसद् हितबहादुर तामाङ, अर्की सांसद एवं केन्द्रीय सदस्य विमला सुवेदी, बागमती प्रदेशसभा सदस्य राधिका तामाङ र बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर तामाङ खुलेरै लागेका थिए । जिल्ला इन्चार्ज हिरानाथ खतिवडाले भने न्यौपानेलाई सघाएका थिए ।
अध्यक्ष न्यौपानेले आफूहरुले लामो समयदेखि माथिबाट तोक्ने विधि तोडेर आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने पक्षमा वकालत गर्दै आएकामा यस पटक त्यो प्रयोग भएको बताए । उनले निर्वाचनमा पार्टी सत्ता र राजकीय सत्ताको दुरुपयोग भएको आरोप लगाए ।
यस्तै उपाध्यक्षहरुमा पनि न्यौपाने प्यानलकै हरि बजगाईं, तेजप्रसाद मुडभरी र मिलन लामा निर्वाचित भए । सचिव, सह–सचिव, कोषाध्यक्ष र ५५ सदस्यीय नगर समिति भने सर्वसम्मत चयन भएको थियो । पदाधिकारी निर्वाचनमा नगर समिति सदस्यहरु मतदाता थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend