Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौँ आइपुगे हर्क साम्पाङ


    सोमबार, माघ ७ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ आइपुगेका छन् ।

    केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताए ।

    उनले सरकारले जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू थोत्रे गाग्री बोकेर काठमाडौँ जान लागेको बताएका थिए । हिजो उनले समर्थकहरूलाई भेला पारेर भानु चोकमा गाग्रीसहित प्रदर्शन गरेका थिए ।

    साम्पाङले भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार