Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एसको वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक, आमदानी भन्दा खर्च धेरै


    सोमबार, माघ ७ २०८१
    915
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। आज (सोमबार) पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले कार्यालयको सूचना पार्टीमा टाँस गरी अघिल्लो आर्थिक वर्ष २०८०र०८१ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन्।

    जसमा गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएको छ भने ४ करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ खर्च भएको उल्लेख छ। एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रुपैयाँ पार्टी घाटामा रहेको लेखापरिक्षण प्रतिवेदनले देखाएको छ।

    पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची(महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ।

    सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क,अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोत रहेको प्रमुख पौडेलले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार