काठमाडौं – बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबी राई परिवारका चार जनालाई प्रतिवादी बनाइएको छ । सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार जीबी राई परिवारका चार जना सदस्यसहित २२ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो ।
जसमा जीबीसहित उनकी पत्नी भगवती बमजन ‘निशा’, दाजुहरू अनन्तबाबु राई र देवेन्द्रबाबु राईलाई पनि प्रतिवादी कायम गरिएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ४५ वर्षीय गितेन्द्रबाबु राई (जीबी) सुप्रिम बचत तथा ऋण सहकारीको पूर्व अध्यक्ष हुन् ।
उनकी पत्नी सिन्धुलीको लदाभीर माइती भएर धापासी बस्ने भगवती बमजन ‘निशा’ स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिको सेयरधनी हुन् । जीबीका दाइ ५० वर्षीय अनन्त बाबु राई र ४७ वर्षीय देवेन्द्रबाबु राईको पनि सहकारीको रकम अपचलनमा संलग्नता देखिएको छ । देवेन्द्रबाबु सुप्रिम बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य हुन् ।
अनन्तबाबु गोर्खा ग्रुप अफ कम्पनी प्रालिको सञ्चालक समिति सदस्य र स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङको सेयर सदस्य हुन् । स्प्रिङ उडमा सुप्रिमको १३ करोड ९८ लाख २२ हजार ६२५ रुपैयाँ गैरकानुनी रूपमा अपचलन भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend