Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ट्रम्पको प्रतिवद्धतापछि अमेरिकामा फेरि चल्यो टिकटक


    सोमबार, माघ ७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – लोकप्रिय भिडियो एप टिकटक अमेरिकामा फेरि खुला गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध खोल्न कार्यकारी आदेश दिने बताएपछि भिडियो शेयरिङ एप टिकटक चल्न थालेको हो । ट्रम्पले आज अमेरिकाको ४७औँ राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्दैछन् ।

    जनवरी १९ मा अफलाइन भएको टिकटक ट्रम्प प्रतिबद्धतापछि खुलेको बीबीसीले उल्लेख गरेको छ । यसअघि आइतबार टिकटकले ‘कि अमेरिकी कम्पनीलाई बेच्नुपर्ने कि सेवा बन्द गर्नुपर्ने’ कानुनको म्याद सुरु हुन लाग्दा शनिबारबाटै टिकटक बन्द भएको थियो ।

    सन २०२४ अप्रिल २४ मा लागु भएको कानुनको प्रावधान सुरु गर्ने अन्तिम मिति बाइडेन कार्यकालको अन्तिम दिन अर्थात् जनवरी १९ सम्म रहेको थियो । बीबीसीका अनुसार अ मेरिकामा १७ करोड टीकटक प्रयोगकर्ता छन् ।

    ट्रम्पले टीकटक खोल्ने प्रतिबद्धता दिएपछि टीकटकले एक जानकारी सार्वजनिक गरेर ट्रम्पलाई ‘दीर्घकालीन’ टीकटक सञ्चालनबारेमा ‘प्रस्टता र प्रतिबद्धता’ दिएकोमा ‘धन्यवाद’ भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार