काठमाडौं – अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले आज (सोमबार) शपथ लिँदैछन् । शपथ ग्रहणका लागि उनी वासिङ्टन पुगेका छन् । शपथ ग्रहणअघि उनका समर्थकहरु ठूलो संख्यामा जम्मा भएर विजयी जुलुस निकालेका छन् ।
ट्रम्पको शपथ ग्रहण समारोह अमेरिकी संसद भवन ‘क्यापिटल’मा हुनेछ । उनको भव्य शपथ ग्रहणका लागि सबै तयारी पूरा भइसकेको छ । शपथ ग्रहण समारोहमा सरिक हुन ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई समेत निम्तो दिएका थिए । तर, सपथ समारोहमा सी नगएर चिनियाँ उपराष्ट्रपति सहभागी हुँदैछन् ।
राष्ट्रपति जो बाइडेन र ट्रम्पसँग चुनाव हारेकी कमला ह्यारिसले शान्तिपूर्ण तवरबाट सत्ता हस्तान्तरण हुने बताएका थिए । गत कात्तिक भएको चुनावमा ट्रम्पले ३१२ इलेक्टोरल कलेज जित्दै अमेरिकाको दोस्रोपटक राष्ट्रपति निर्वाचित भएका थिए ।
राष्ट्रपतिको शपथ लिएलगत्तै उनले केही महत्त्वपूर्ण निर्णय लिने भनेका छन् । ट्रम्पले दोस्रोपटक कार्यभार सम्हाल्दै गर्दा सीमासँग सम्बन्धित, आप्रवासी, आर्थिक र जलवायु परिवर्तनसँग सम्बन्धित एक सय भन्दा बढी कार्यकारी आदेश जारी गर्ने अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend