Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने पाण्डे पक्राउ


    आइतबार, माघ ६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन् ।

    प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाण्डेलाई टोखाबाट शनिबार नियन्त्रणमा लिइएको हो ।

    परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौं जिल्ला अदालतको दक्षिण गेटबाहिर माघ २ गते त्रिपाठीमाथि कुटपिट भएको थियो ।

    सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गरेका अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरिएको थियो ।

    सहकारीपीडितको पक्षमा बहस गरेर अदालतबाट बाहिरिरहँदा त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूको भिडमा रहेका पाण्डेले कुटपिट गरेका थिए ।

    उक्त घटनामा फरार रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। पाण्डेलाई अनुसन्धानका लागि अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

    त्रिपाठीमाथि कुटपिट भएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना कार्यकर्ता भए कारबाही गर्ने बताएको थियो। प्राप्त विवरणमा पाण्डे उक्त पार्टीको कार्यकर्ता रहे-नरहेकोबारे प्रहरीले उल्लेख गरेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार