काठमाडौँ – उपत्यका विकास प्राधिकरणले काठमाडौँ महानगरपालिका-७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएको छ । वडा अध्यक्ष विमल होडासहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरेर उक्त कार्य थालिएको जानकारी गराएका थियो । लगत्तै डोजरले धोविखोला करिडोरका संरचना भत्काउन थालेको थियो ।
चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध पनि गरेका छन् । ती संरचनामा अवस्थित विभिन्न कारखानका मजदुरहरूले डोजर पुगेपछि अवरोध गरेका थिए ।
मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ । सेटब्याक नपुर्याई बनेका संरचना पनि भत्काउने प्राधिकरणले जनाएको छ ।
धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गर्दै प्राधिकरणले भाडा प्रयोजनका लागि व्यक्तिहरूले बनाएका त्यस्ता संरचना भत्काउने पत्रकार सम्मेलनमार्फत बताइएको छ । वडा नम्बर ७ मा मात्रै करिब १४ रोपनी जग्गा अतिक्रमण भएको बताइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend