Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिनेश त्रिपाठीमाथि आक्रमणको विरोधमा वकिलहरूले गरे कालो पट्टी बाँधेर प्रदर्शन


    आइतबार, माघ ६ २०८१
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – कानुन व्‍यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । आइतबार सर्वोच्च बार एशोसिएशनको अगुवाइमा कानुन व्‍यावसायीहरूले नेपाल बार एशोसिएशनको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।

    कानुन व्‍यवसायीहरूले घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न माग गरे । विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको भन्दै कानुन व्‍यवसायीहरूले सरकारसँग सुरक्षाको समेत माग गरेका छन् ।

    गत बुधबार रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो । उनका अनुसार, इजलासबाट निस्किनासाथ उनलाई सुरुमा युट्युबरहरूले घेरेका थिए ।

    यसपछि दुर्व्यवहारमा संलग्नलाई खोजेर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार