काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् । बीबीसीका अनुसार हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम लागु नगर्न निर्देशन दिएका हुन् ।
उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) लाई युद्धविराम सुरु नगर्न निर्देशन दिएको उल्लेख गरेको छ। युद्धविराम स्थानीय समयअनुसार बिहान ८स्३० बजेबाट सुरु हुने तय भएको थियो। हमासले भने बन्धकहरूको नाम सार्वजनिक गर्न भएको ढिलाइ ‘स्थानीय प्राविधिक कारणहरूको भएको बताएको छ ।
इजरायली नेताले गए राति नै गाजामा युद्धविराम सम्झौताको पहिलो चरण ‘अस्थायी युद्धविराम’ मात्र भएको चेतावनी दिएका थिए । यदि सम्झौता तोडियो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार हुने र यसमा उसलाई अमेरिकाको समर्थन हुने उनीहरूको भनाइ थियो ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले इजरायल अझै रिहा गरिने तीन बन्धकहरूको नाम पर्खिरहेको जनाएको छ । युद्धविराम सम्झौताअनुसार बन्धक रिहा गर्ने प्रक्रिया सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अघि नाम उपलब्ध गराउनुपर्ने हुन्छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend