Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज खोखो विश्वकपको फाइनल, नेपालका महिला र पुरुष टोलीले खेल्दै


    आइतबार, माघ ६ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । खो–खो विश्वकपमा नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दैछन् ।

    पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका ८ बजे र महिलातर्फको बेलुका सवा ५ बजे शुरु हुनेछ । खेल नयाँदिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ ।

    हिजो भएको सेमीफाइनलमा पुरुषतर्फ नेपालले इरान र भारतले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

    महिला टोली अपराजित रहँदै उपाधि नजिक पुगेको हो । नेपालको महिला टोलीले हिजो भएको सेमिफाइनलमा युगान्डा र भारतले दक्षिण अफ्रिकालाई हराउँदै फाइनल पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार