Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे


    शुक्रबार, माघ ४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका बेला सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गर्ने डा। निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

    विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) को कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो ।

    न्यायाधीश शंकरबहादुर राईको इजलासले डा। भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो ।

    यसअघि ७ पुसमा पक्राउ गरी त्यसको भोलिपल्ट पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो । प्रहरी अनुसन्धानका क्रममा तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गर्दै डा। भुसाललाई अदालत उपस्थित गराइएको थियो ।

    डा भुसालले गत २९ मंसिरमा रास्वपा सभापति लामिछानेको हिरासत भित्र सुतिरहेको फोटो सार्वजनिक गरेको थियो । सभापति लामिछानेको गोप्य फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपा कार्यकताृ लगायतले लामिछानेको सुरक्षामाथि खेलवाड गरेको भन्दै सुरक्षाकर्मीलगायतको चर्को आललोचना गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार