Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारी रावललाई


    शुक्रबार, माघ ४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ ।

    कार्यवाहक प्रवक्ता मनिष झा निजी काममा व्यस्त हुने भएपछि पार्टीकी सह–प्रवक्ता समेत रहेकी रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको हो । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले २७ दिनको लागि रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन् ।

    यही माघ ३ गतदेखि ३० गतेसम्म कार्यवाहक प्रवक्ता झा निजी काममा व्यस्त हुने भएपछि रावललाई अर्को कार्यवाहक प्रवक्ता तोकिएको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार