काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले बारास्थित १२ नं गणका गणपति (एसपी) सन्तोषबहादुर सिंहलाई छानबिनका लागि तानेको छ ।
बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने र बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सीमा क्षेत्रको निरीक्षणका क्रममा बाराबाट भन्सारछलीका सामान ब्यापक भित्रने गरेकोबारेमा सशस्त्र मुख्यालयललाई जानकारी गराएपछि एसपी सिंह तानिएको स्रोत बताउँछ ।
स्रोतका अनुसार सशस्त्र प्रहरी बल नं १२ गणमातहतका प्रस्तावित गुल्म, बेस र बीओपीले तस्करी नियन्त्रणमा उदासिनता देखाएको बिषयमा भन्सारको रिपोर्टिङपछि एसपीलाई छानबिनका लागि मुख्यालयमा तानिएको छ । एसपी सिंहलाई गणपतिको जिम्मेवारी दिएर आउनू भनेपछि उनले सिनियर डीएसपी रविन सिलवाललाई निमित्त दिएका थिए ।सिलवालले पनि तत्कालै अर्का डीएसपी विक्रम पौडेललाई निमित्त दिएर बिदा लिएका छन् ।
यसअघि मंसिर अन्तिममा सशस्त्र प्रहरी बल ८ नम्बर गण धनुषाका एसपी दर्शन गिरी, मोरङका विश्व खड्का, बाँकेका बिमल डाँगीसहित बाराका सन्तोषबहादुर सिंह पनि तानिएका थिए । छानबिनका लागि तानिएका उनीहरु पुस अन्तिम साता फिर्ता भएका थिए । तर बाराका एसपी सिंह भने फेरि तानिएका छन् । बाराका पिपरपाती, मटिअर्वा गुल्मका गुल्मपति पनि तानिएकोमा उनीहरुलाई समेत फिर्ता पठाइएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend