Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


    बिहिबार, माघ ३ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

    सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । आफू गैरकानुनी रूपमा थुनामा परेको भन्दै झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

    उक्त निवेदनमाथि सुनुवाई गर्दै न्यायाधिस पाण्डेले झालाई थुनामा पठाउनुको कारण पेश गर्न आदेश जारी गरेको हो ।उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार