Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ : प्रचण्ड


    बिहिबार, माघ ३ २०८१
    1.2K
    Shares
    kfn'ª6f/, !$ kmfu'gM gful/s e]63f6 sfo{qmd k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú uf]/vfsf] gu/ sfo{kflnsfsf] sfof{no kfn'ª6f/df cfOtaf/ cfof]lht gful/s e]63f6 sfo{qmddf wf/0ff /fVg'x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका छन् । चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ,’पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले भने, ‘संविधान, लोकतन्त्र, समावेशी र समानताका पक्षमा यसले खोस्न खोजियो भने देश राजनीतिक खतरामा जान सक्छ ।’

    दुर्घटनाबाट देशलाई बचाउन उनले जनप्रतिनिधि लगायत सम्पूर्ण जनतालाई आ–आफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध पनि गरे । प्रचण्डले आफू नेतृत्वको सरकार हुँदा केही सकारात्मक पहल भएको भए पनि अहिले त्यसलाई भत्काउने काम भइरहेको जिकिर गरे ।

    ‘मेरो सरकार हुँदा केही सकारात्मक पहल भएका थिए । त्यही सन्दर्भमा निकै अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट पहिलो र दोस्रो दल मिलेर सरकार बन्यो,’ प्रचण्डले भने, ‘सरकार बनेयता गरेका कामहरू संविधान र लोकतन्त्रको मर्यादा विपरीत धेरै काम भएका छन् ।’

    सरकारले पछिल्लो पटक ल्याएका पाँच वटा अध्यादेश लोकतन्त्रको मर्यादा र भावना विपरीत भएको प्रचण्डको भनाइ थियो । ‘अध्यादेशको जो लाइन लगाउन खोजिएको छ । सदनलाई छलेर अध्यादेशमार्फत शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा र भावना विपरीत हो,’ ‘प्रचण्ड’ले भने ।

    समितिमै विचाराधीन रहेको विधेयकलाई पनि वास्ता नगरी सरकारले अध्यादेश ल्याएको भन्दै ‘प्रचण्ड’ले त्यसप्रति आपत्ति जनाए । ‘विधेयक सदनमा प्रस्तुत भयो, सदनको फुल हाउसबाट समितिमा पठाइयो । त्यो विधेयक अहिले समितिमै छ । त्यस्तो विधेयक पनि फिर्ता लिएर अध्यादेश बनाउने दुस्साहस भएको छ,’ ‘प्रचण्ड’को भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार