Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव भेटियो


    बिहिबार, माघ ३ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • प्यूठान – प्यूठानको सरुमारानी गाउँपालिका-२ दर्भानमा आज(बिहिबार) बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ । सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

    स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार