काठमाडौं – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको आफ्नै श्रीमतीले हत्या गरेको खुलेको छ । बीमाको रक हत्याउन श्रीमती जनक कुमारी रानाले इटाले टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको हो ।
२०८१ मंसिर १३ गते सियारामको शव आफ्नै घरको शौचालयमा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा शवको अवस्थाले लडेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको टाउकोमा गहिरो चोटपटक पाइएको थियो । थप अनुसन्धानका क्रममा सुत्ने कोठामा रगतका छिटाहरू, रगत लागेको ईट्टा, र दराजभित्र रगतले भिजेका कपडा फेला परेको थियो ।
त्यसको भोलिपल्ट प्रहरीले उनकी श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा जनक कुमारीले ईट्टाले प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गरेकी थिइन् ।
तर अनुसन्धान गर्दै जाने क्रममा घटनाको प्रमुख योजनाकार भारतीय नागरिक फारुख रहेको र उनको सल्लाहमा हत्या गरिएको खुलेको छ । प्रहरीले जनक कुमारीलाई मंसिर ८ गते अदालतको आदेशमा थुनामा पठाएको छ ।
फारुख भने फरार रहेका थिए । प्रहरीको निरन्तर खोजतलासपछि उनलाई भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर क्षेत्रबाट पक्राउ गरी पुस २८ गते बेलौरी ल्याइएको छ ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा फारुखले मृतक सियाराम रानाको जीवन बीमा र सम्पत्तिमा दाबी गर्ने उद्देश्यले श्रीमती जनक कुमारीसँग मिलेर हत्या योजना बनाएको स्वीकार गरेका छन् ।
सियारामले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए । उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए ।
त्यसपछि अदालतको आदेशमा फारुखलाई थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend