काठमाडौं – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको आफ्नै श्रीमतीले हत्या गरेको खुलेको छ । बीमाको रक हत्याउन श्रीमती जनक कुमारी रानाले इटाले टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको हो ।
२०८१ मंसिर १३ गते सियारामको शव आफ्नै घरको शौचालयमा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा शवको अवस्थाले लडेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको टाउकोमा गहिरो चोटपटक पाइएको थियो । थप अनुसन्धानका क्रममा सुत्ने कोठामा रगतका छिटाहरू, रगत लागेको ईट्टा, र दराजभित्र रगतले भिजेका कपडा फेला परेको थियो ।
त्यसको भोलिपल्ट प्रहरीले उनकी श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा जनक कुमारीले ईट्टाले प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गरेकी थिइन् ।
तर अनुसन्धान गर्दै जाने क्रममा घटनाको प्रमुख योजनाकार भारतीय नागरिक फारुख रहेको र उनको सल्लाहमा हत्या गरिएको खुलेको छ । प्रहरीले जनक कुमारीलाई मंसिर ८ गते अदालतको आदेशमा थुनामा पठाएको छ ।
फारुख भने फरार रहेका थिए । प्रहरीको निरन्तर खोजतलासपछि उनलाई भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर क्षेत्रबाट पक्राउ गरी पुस २८ गते बेलौरी ल्याइएको छ ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा फारुखले मृतक सियाराम रानाको जीवन बीमा र सम्पत्तिमा दाबी गर्ने उद्देश्यले श्रीमती जनक कुमारीसँग मिलेर हत्या योजना बनाएको स्वीकार गरेका छन् ।
सियारामले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए । उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए ।
त्यसपछि अदालतको आदेशमा फारुखलाई थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend