काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता माथि हातपात भएका छ । सहकारी पीडितको पक्षबाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमै रविका समर्थकले हातपात गरेको हो । ।
रबि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसर भित्रै कुटपीट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
अहिले स्थितिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने त्रिपाठीलाई प्रदर्शनकारीबाट सुरक्षित स्थानमा राखिएको छ। अदालतले लामिछानेलाई थुन्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्क्यौल हुन बाँकी रहेका बेला लामिछानेका समर्थक भने अदालत बाहिर जम्मा भएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend