Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन अस्वीकार


    बुधबार, माघ २ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सियोल – दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन् । गत महिना अचानक ‘मार्शल ल’ लगाएर महाअभियोग भोगिरहेका युन सुक पक्राउ परेका हुन् ।

    भ्रष्टचार सबन्धी बिषयमा सोधपुछको लागि पक्राउ गरिएको भ्रष्टाचार विरोधी एजेन्सीले जनाएको छ । ‘युनलाई बुधवार बिहान सोधपुछको लागि पक्राउ गरिएको छ, त्यसपछि उनलाइ अनुसन्धानकर्ताहरूले मोटरमा लिएर गएका थिए,’ उनले भने ।

    दक्षिण कोरियामा राष्ट्रपति विरुद्ध पहिलो पटक यस्तो कारबाही गरिएको जनाइएको छ । युनलाई उनको छोटो अवधिको मार्शल ल घोषणासँग सम्बन्धित धेरै आपराधिक अनुसन्धानहरूमा सोधपुछको लागि लगिएको हो । ती आरोप प्रमाणित भएमा आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्ने छ । बुधवार दिउँसोसम्म यूनले अन्वेषकहरूको प्रश्न वा टिप्पणीको जवाफ दिन अस्वीकार गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार