कञ्चनपुर – कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका–८, उत्तरी चुरे वन क्षेत्रबाट सोमबार भरुवा बन्दुकसहित शुक्लाफाँटा नगरपालिका–६ का खडकबहादुर खड्का पक्राउ परेका हुन्।
खड्का नेपाल प्रहरीका पूर्वअसई भएको खुलेको छ। शुक्लाफाँटा सव–डिभिजन वन कार्यालयबाट खटिएका वन रक्षक खेम साउँद र वन स्काउट ईन्द्र बम नेतृत्वको टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो।
चुरे राष्ट्रिय वनमा जडान गरेको क्यामेराहरूको निरीक्षणमा गएको वेला उनलाई पक्राउ गरिएको हो। चुरे क्षेत्रको गिठे भन्ने ठाउँबाट खड्कालाई बन्दुक लुकाइरहेको अवस्थामा देखेपछि पक्राउ गरिएको थियो। खड्का सिकार गर्नकै लागि चुरे वनमा गएको वनको टोलीले दाबी गरेको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend