ब्राजिल – ब्राजिलले बिधालयमा स्मार्ट फोनमा प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।
तर, स्मार्ट फोनको सहायतामा कक्षा लिइरहेका अपाङ्गता भएका र फरक क्षमताका बिधार्थीहरूलाइ भने यो नयाँ नियमले अप्ठयारो पार्ने जनाएका छन् । उता, शिक्षा मन्त्री क्यामिलो सान्टानाले सोमबार राजधानी ब्रासिलियामा पत्रकारहरूलाई भने, ‘बच्चाहरू सानै उमेरमा अनलाइन जान्छन्, आमाबाबुलाई उनीहरूले के गरिरहेका छन भने हेर्न गाह्रो बनाइरहेका थिए, अब स्कूलमा स्मार्टफोनको प्रतिबन्धले अभिभावकलाई अब सजिलो बनाउनेछ।’
‘हामी ती उपकरणहरू अन्य धेरै देशहरूमा जस्तै कक्षामा शैक्षिक उद्देश्यका लागि र शिक्षकको मार्गदर्शनको साथ प्रयोग गर्न चाहन्छौं,’ सान्तानाले अगाडी भने ।
सन २०२३ सम्ममा ब्राजिलका दुई तिहाइ विद्यालयहरूले सेलफोन प्रयोगमा केही प्रतिबन्ध लगाएका थिए भने जबकि २८ प्रतिशतले यसअघि नै पूर्ण रूपमा प्रतिबन्ध लगाएको ब्राजिलको इन्टरनेट स्टीयरिङ समितिले गत अगस्टमा जारी गरेको सर्वेक्षणमा उल्लेख गरिएको थियो ।
अब सरकारले नै पुर्ण प्रतिबन्ध लगाउँदै स्मार्टफोन लिएर बिधालय आउन दिएको भेटिएमा कारबाही गर्ने पनि नयाँ कानुनमा उल्लेख गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend