Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंगलबार सुनको भाउ घट्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, माघ १ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज (मङ्गलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

    आज सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार छपवाल सुन प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४० रुपैयाँ घटेर तोलामा १ हजार ८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार