Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुरामा गोली प्रहार गरी श्रीमतीको हत्या


    मंगलबार, माघ १ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डडेल्धुरा – डडेल्धुरामा एक जनाले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। अमरगढी नगरपालिका-३ मल्लो पथरोडामा गोली प्रहार गरेर ३२ वर्षीय डम्बर थापा मगरले श्रीमतीको हत्या गरेका हुन्।

    उनले घरायसी विवाद हुँदा सोमबार बेलुका २४ वर्षीया श्रीमती अस्मिता थापा मगरको भरूवा बन्दुकले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

    श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको छ। हत्याका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार