Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • पर्सा प्रहरीमा काम गर्ने कालु, मकै खाने भालु


    सोमबार, पुष २९ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • बीरगंज । पर्सा प्रहरीमा काम एउटाले गर्ने तर प्रतिफल अर्काले लिने रोग संक्रमणको रुपमा बढेको देखिएको छ ।

    पछिल्लो पटक प्राप्त खबर खबर अनुसार आइतवार बीरगंजमा बरामद गरिएको १९ किलो पाँच सय ग्राम चरेश एक प्रहरी हवलदारले बरामद गरेको भए पनि वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले आफ्नो कमाण्डमा बरामद गरिएको भन्दै प्रचारवाजी गर्न लगाएका छन् ।

    खबर अनुसार प्रहरी बिट छपकैया वीरगंजमा कार्यरत प्रहरी हवल्दार अभय झाले बरामद गरेपछि वडा प्रहरी कार्यालय विर्ता र नजिकै रहेको अस्थायी प्रहरी चौकी गणेश टोलमा खबर गरेपछि सो स्थानमा पुगेका वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक चौलगाईं र प्रहरी चौकी गणेश टोलका प्रहरी सहायक निरीक्षक बृजभूषण पाण्डेले संयुक्त रुपमा बरामद गरेको प्रचारबाजी गर्न थालिएको देख्दा पर्सा प्रहरीमा ‘काम गर्ने कालु, मकै खाने भालु’ भन्ने उखान चरितार्थ हुन गएको हो ।

    जिल्ला प्रहरी कार्यालय मातहतकै भए पनि प्रहरी बिट छपकैयामा कार्यरत हवल्दार झाले वीरगंज–१६ गणेशटोलस्थित एक घरमा राखेको अवस्थामा उक्त परिमाणको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेर गाडी लिएर लिन गएका गणेश टोलका प्रसनि पाण्डे र वडा प्रहरी विर्ताका प्रनि चौलगाईंले आफ्नो कमाण्ड गएर नियन्त्रणमा लिएको प्रचारबाजी गरिनुले उनी कत्तिको प्रचारमुखी रहेछन् भन्ने चर्चा प्रहरीभित्रै चलिरहेको छ ।

    अरुले नै समातेको विषयलाई यहाँले आफ्नो कमाण्ड भनी प्रचारबाजी गर्नुभएको भन्ने सन्दर्भमा प्रहरी निरीक्षक चौलागाईंलाई बुझ्न खोज्दा आफू मातहतकै चौकी र बिट भएकाले आफ्नो नाम आएको प्रतिक्रिया दिए । उनले भने– जसले गरे पनि नेपाल प्रहरीले नै गरेको हुँदा यसलाई प्रचारबाजी गरेको भन्न मिल्दैन ।

    विशेष सूचनाका आधारमा आइतबार राति ८ बजे गरिएको छापामारीमा उक्त परिमाणको चरेश बरामद भएको प्रहरीले जनाएको छ । यस विषयमा आवश्यक अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रनि चौलागाईले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार