वासिंगटन डिसी – लिफोर्निया र लस एन्जलसको जङ्गलमा फैलिएको आगो समयसँगै झन् तीव्र बन्दै गएको छ । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । लाखौं प्रयासको बाबजुद जो बाइडेन प्रशासन यो आगो निभाउन असफल भइरहेको छ। यसको मुख्य कारण यतिबेला अमेरिकामा आएको हिउँ आँधीका कारण चलिरहेको तीव्र हावालाई मानिएको छ ।
अर्कोतर्फ आगो निभाउने कामलाई तीव्रता दिन क्यालिफोर्निया र लस एन्जलसका जेल विभागहरूले बम्पर प्रस्ताव ल्याएका छन्। आगो निभाउन दमकललाई सहयोग गर्ने कैदीको सजाय घटाउने योजना बनाइएको छ । हरेक दिन आगो निभाउन सहयोग गरे बापत सजाय दुई दिन घटाउने सम्झौता भएको छ । साथै, तलब पनि छुट्टै दिइनेछ।
जसअनुसार कैदीहरूले अग्नि विभागसँगै लस एन्जलसमा कन्टेनमेन्ट लाइन खन्ने गरेको देखिएको छ भने क्यालिफोर्नियाको सुधार र पुनर्वास विभागका अनुसार अहिले जम्मा ९३१ कैदीहरू जङ्गलमा लागेको आगो निभाउन २४ घण्टा काम गरिरहेका छन् । क्यालिफोर्नियाको विनाशकारी जंगली आगोको फैलावटलाई ढिलो गर्न फायर लाइनहरू काट्दै र संरचनाहरू पछाडिबाट इन्धन हटाउने काम भइरहेको छ ।
कैदीहरूको क्षमताको आधारमा उनीहरूलाई क्यालिफोर्निया र लस एन्जलसको जंगलमा लागेको आगो निभाउनको लागि प्रति दिन ५।८० डलर देखि १०।२४ अमेरिकी डलर भुक्तानी गरिन थालिएको छ । आपतकालीन सेवाहरूमा तोकिएको खण्डमा कैदीहरूले प्रति घण्टा थप १ डलर कमाउन सक्नेछन् । धेरैजसो कैदीहरूलाई आगो निभाउन मद्दत गरेकोमा २ का लागि १ क्रेडिट दिइन्छ।
जसको अर्थ कैदीहरूले आगो निभाउनको लागि आपतकालीन सेवाहरूमा काम गर्ने हरेक दिनको लागि आफ्नो सजाँयबाट दुई दिन थप छुट पाउन सक्छन्।
यस बाहेक सहयोगी कर्मचारीले १ क्रेडिटको लागि १ प्राप्त गर्नेछन्। जहाँ एक दिन काम गरेमा मात्र एक दिनको सजाय माफ हुनेछ।
क्यालिफोर्नियाको सुधार र पुनर्वास विभागका सचिव जेफ म्याकोम्बरले भने, ‘जङ्गलमा लागेको आगो क्यालिफोर्नियाका लागि ठूलो चुनौती हो, दमकल विभाग आगो निभाउन पूर्ण रूपमा समर्पित छ, हाम्रा कैदीहरू अग्नि नियन्त्रक र कर्मचारीहरूसँग मिलेर गरिरहेको काममा हिस्सा लिइरहेका छन् ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend