Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंचाइ विभागका इन्जिनियरको ५ करोड अकुत सम्पति- अख्तियारद्वारा मुद्दा दर्ता


    आइतबार, पुष २८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिँचाइ विभागका इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सिँचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध ५ करोड बिगो दावि गर्दै विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

    अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिँचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत तत्कालीन इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरूबाट ठेकेदारहरूसँग मिलेमतो गरी कमिसन लिई काठमाडौँ, ललितपुर लगायत विभिन्न स्थानमा घर घडेरी जग्गा, गाडी खरिद तथा विभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको र विभिन्न व्यक्तिहरूको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाई स्रोत नखुलेको गैर कानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ ।

    श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६/०३/३० गतेदेखि मिति २०७७/०३/३१ गतेसम्मको जाँच अवधिमा तलब भबता लगायत आयस्रतबाट ११,२५,६५,१९९।१७ (एघार करोड पच्चीस लाख पैसठ्ठी हजार एक सय उनान्सय रुपैयाँ र पैसा सत्र) निजको वैधानिक आयको स्रोत खुल्न आएको देखिएको अख्तियारको दाबी छ ।

    सोही अवधीमा उनले विभिन्न चल अचल सम्पतिसहित १६,१३,९५,५२८.७१ खर्च तथा लगानी गरेको देखिएकोले इन्जिनियर बिष्णु कुमार श्रेष्ठको जाँच अवधिमा ४,८८,३०,३२९.५४ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको हुँदा उनले वैधानिक रुपमा सम्पत्ति आर्जन गरेको भन्ने प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी अकुत सम्पति कमाएको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।

    उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा उनलाई ४,८८,३०,३२९।५४ बिगो दावी गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता घिमिरेले बताए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार