काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिँचाइ विभागका इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सिँचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध ५ करोड बिगो दावि गर्दै विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिँचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत तत्कालीन इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरूबाट ठेकेदारहरूसँग मिलेमतो गरी कमिसन लिई काठमाडौँ, ललितपुर लगायत विभिन्न स्थानमा घर घडेरी जग्गा, गाडी खरिद तथा विभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको र विभिन्न व्यक्तिहरूको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाई स्रोत नखुलेको गैर कानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ ।
श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६/०३/३० गतेदेखि मिति २०७७/०३/३१ गतेसम्मको जाँच अवधिमा तलब भबता लगायत आयस्रतबाट ११,२५,६५,१९९।१७ (एघार करोड पच्चीस लाख पैसठ्ठी हजार एक सय उनान्सय रुपैयाँ र पैसा सत्र) निजको वैधानिक आयको स्रोत खुल्न आएको देखिएको अख्तियारको दाबी छ ।
सोही अवधीमा उनले विभिन्न चल अचल सम्पतिसहित १६,१३,९५,५२८.७१ खर्च तथा लगानी गरेको देखिएकोले इन्जिनियर बिष्णु कुमार श्रेष्ठको जाँच अवधिमा ४,८८,३०,३२९.५४ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको हुँदा उनले वैधानिक रुपमा सम्पत्ति आर्जन गरेको भन्ने प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी अकुत सम्पति कमाएको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा उनलाई ४,८८,३०,३२९।५४ बिगो दावी गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता घिमिरेले बताए
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend