Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा रविको बयान सुरु, आज बयान नसकिए हिरासतमा राखिने


    आइतबार, पुष २८ २०८१
    800
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव अधिकारीको इजलासमा सुरु भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेको न्यायाधीश अधिकारीको इजलासमा बयान सुरु भएको हो ।

    बयान सकिएपछि सोही इजलासमा थुनछेक बहस हुने अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । आज बयान सकिएन भने लामिछाने हिरासतमा राखेर भोलि पुनः बयान लिइने अदालतका शर्माले बताएका छन् । लामिछाने आज (आइतबार) बिहान साढे ९ बजेनै अदालतमा उपस्थित भएका थिए ।

    यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि थुनामुक्त भएका हुन् ।

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार