Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ आज पनि बढ्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, पुष २६ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज पनि सुनचाँदीकै भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापवाल सुन प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।

    आज बढेको भाउसहित सुन तोलाको एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहिबार सुन तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। चाँदीको भाउ आज प्रतितोला एक हजार ८ सय ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ४० रुपैयाँ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार