काठमाडौं – प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालाको जिल्ला अदालत मोरङमा बयान हुने भएको छ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर भएसँगै फरार रहेकी कोइराला आज (बुधबार) बिहान आफैँ अदालतमा हाजिर भएकी हुन्। उनी हाजिर भएसँगै बयान गराएर थुनछेक आदेश गर्ने अदालतको तयारी छ।
जिल्ला अदालत मोरङमा उद्धवप्रसाद भट्टराईको इजलासमा उनको बयान र थुनछेक बहस हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
कोइरालामाथि मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको छ। कोइराला सहकारीको तत्कालीन सञ्चालक समिति सदस्य हुन्। अदालतले पुस २ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
बुधबार नै बयान र थुनछेक बहस नसकिए प्रहरी हिरासतमा राखिने छ। अदालतको आदेशपछि मात्रै उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा तारेखमा राख्ने भन्ने टुंगो लाग्नेछ।
इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते पोखरेल पत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो।
सम्बन्धित समाचार : लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला अदालतमा उपस्थित
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend