Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अञ्जला कोइरालाको थुनछेक बहस न्यायाधीश भट्टराईको इजलासमा


    बुधबार, पुष २४ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालाको जिल्ला अदालत मोरङमा बयान हुने भएको छ।

    सहकारीको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर भएसँगै फरार रहेकी कोइराला आज (बुधबार) बिहान आफैँ अदालतमा हाजिर भएकी हुन्। उनी हाजिर भएसँगै बयान गराएर थुनछेक आदेश गर्ने अदालतको तयारी छ।

    जिल्ला अदालत मोरङमा उद्धवप्रसाद भट्टराईको इजलासमा उनको बयान र थुनछेक बहस हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

    कोइरालामाथि मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको छ। कोइराला सहकारीको तत्कालीन सञ्चालक समिति सदस्य हुन्। अदालतले पुस २ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

    बुधबार नै बयान र थुनछेक बहस नसकिए प्रहरी हिरासतमा राखिने छ। अदालतको आदेशपछि मात्रै उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा तारेखमा राख्ने भन्ने टुंगो लाग्नेछ।

    इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते पोखरेल पत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो।

    सम्बन्धित समाचार : लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला अदालतमा उपस्थित

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार