Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सातदोबाटोको अवैध कल सेन्टरबाट दुई जना भारतीय नागरिकसहित ५३ जना पक्राउ


    मंगलबार, पुष २३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – ललितपुरको सातदोबाटोस्थित एक कल सेन्टरमा सीआईबीले छापा मारेको छ । कल सेन्टर सञ्चालन गरी अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको सूचनामा आधारमा सीआईबीको टोलीले गएराति छापा मारेको हो ।

    त्यहाँबाट ५३ जनालाई नियन्त्रणमा लिइएको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु सबै नेपाली रहेका छन् ।

    उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको छ । पक्राउ परेका व्यक्तिहरुले कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार