Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    सोमबार, पुष २२ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव डा. नम्रता सिंहसहित आठ जना र एक कृषि फार्मविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका तत्कालीन सचिव डा.सिंहसहित ८ जना र कृषि फार्म प्रा।लि। विशेष अदालत काठमाडौँ मुद्दा दायर गरिएको हो ।

    अख्तियारका प्रवक्ता नरहरि खतिवडाका अनुसार कृषि, पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको, नक्कली बिल भरपाईको आधारमा भुक्तानी दिएको र स्पेशिफिकेशन अनुसारको सामान खरिद नगरेको पाइएको छ । सचिव सिंहविरुद्ध एक करोड बिगो माग दाबी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार